१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


स्थानीय तह पुनःसंरचना आयोगले मंसिर पहिलो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाउने


0
Shares

काठमाडौं, कात्तिक ३० । स्थानीय तह पुनःसंरचना आयोगले मंसिरको पहिलो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाउने गरी तयारी अघि बढाएको छ ।

५९ जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेको भन्दै आयोगले बाँकी जिल्लाबाटसमेत प्रतिवेदन आउनेक्रम जारी रहेको जनाएको छ ।

आयोगका प्रवक्ता डा. हरि पौडेलले मंगलबार हामीसँग कुरागर्दै सरकारले तोकेको नयाँ मापदन्डअनुसार नै प्रतिवेदन प्राप्त भइरहेको भन्दै मंसिर पहिलो साताभित्रै सरकारलाई प्रतिवेदन बुझाइने जानकारी दिए ।

आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धाण गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।