Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कन्चनजंघा हीरक महोत्सव आयोजना हुँदै


0
Shares

काठमाडौं, मंसिर १ । कन्चनजंघा हिमाल आरोहणको ६०औं वर्ष पूरा भएको अवसरमा ‘कन्चनजंघा हीरक महोत्सव २०१६’ आयोजना हुने भएको छ ।

कन्चनजंघा हीरक महोत्सव २०१६ आयोजक समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

कन्चनजंघालाई देश–विदेशमा प्रचार–प्रसार गरी विकासको ढोका खोल्ने उद्देश्यले मंसिर ७, ८ र ९ गते ताप्लेजुङको सुकेटारमा महोत्सव आयोजना गर्न लागेको आयोजकले जनाएका छन् ।

ब्रिटिस नागरिक सर चाल्र्स इभान्सको नेतृत्वमा सन् १९५५ मे २५ मा जो ब्राउन र जर्ज क्रिस्टोफर व्यान्डले कन्चनजंघा पहिलोपटक सफल आरोहण गरेको ६० वर्ष पुगेको अवसरमा महोत्सव मनाउन लागिएको हो ।

ताप्लेजुङ जिल्लामा रहेका प्राकृतिक सम्पदा एवं धार्मिकस्थलहरुको प्रवद्र्धन एवं प्रचारप्रसार गर्न, कन्चनजंघा क्षेत्रलाई एकल पर्यटक निषेधित क्षेत्रबाट खुला पर्यटकीय गन्तव्यकोरुपमा परिचित गराउन महोत्सव गर्न लागिएको जनाइएको छ ।

उक्त क्षेत्रमा पुग्ने मार्गहरुकोबारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने पनि महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।

साथै, नेपाल र चीनबीचकोे व्यापारिक नाका ओलाङचुङगोलालाई प्रमुख व्यापारिक नाका बनाएर यस क्षेत्रका व्यक्तिहरुको व्यापार–व्यवसायमा सुधार गर्नसमेत महोत्सवले सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।