Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेप्से ऋणात्मक, कारोबार बढ्दो


0
Shares

काठमाडौं, मंसिर १ । बुधबार पनि बजार परिसूचक नेप्से सामान्य अंकले ऋणात्मक रह्यो । कारोबारमा भने सुधार आएको छ ।

यसदिन उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बराबरले ऋणात्मक रही १६ सय ९८ दशमलव नौ शून्य कायम भएर थामियो ।

जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूहमा गिरावट आयो । जलविद्युत् समूहमा २३ अंक र विकास बैंक समूहमा १३ अंकको गिरावट आयो । वाणिज्य बैंक समूह ५ अंकले ओरालो लाग्यो ।

अरु समूह उकालो लागे । बीमा समूहमा ६२ अंकको बृद्धि आयो । होटल समूह पनि ४२ अंकले बढ्यो । वित्त र अन्य समूह भने नगन्य अंकलेमात्र हरियो रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १० लाख कित्ता शेयर १ अर्ब २० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

एभरेष्ट बैंक र न्यासनल लाइफ कम्पनीका उच्च कारोबार भएसँगै कारोबार बढ्न गएको हो ।