काठमाडौं, मंसिर १ । पछिल्ला दिन उच्चदरले ओरालो लाग्दै आइतबारदेखि स्थीर रहेको सुनको भाउमा बुधबार सामान्य बृद्धि आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा स्थीर रहेको थियो ।
चाँदीको भाउ भने बुधबार पनि तोलाको ८ सय रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय २६ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्