Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रधानमन्त्रीले तयार पारेको प्रस्तावमा प्रमुख दलहरु सकारात्मक


0
Shares

काठमाडौं, मंसिर २ । प्रमुख तीन दलबीच संविधान संशोधनमा सहमति जुटाएर अघि बढ्न सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बालुवाटारमा बिहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा सहमति जुटाएर संविधान संशोधन गर्ने सहमति बनेको हो ।

बैठकको सुरुमै प्रधानमन्त्री दाहालले सरकारले तयार पारेको संविधान संशोधनको प्रस्तावबारे जानकारी दिएका थिए ।

उनले मधेसी मोर्चासहित आन्दोलनरत समूहका माग सम्बोधन हुने गरी प्रदेशको सिमांकन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका विषयमा समेटिएको संशोधन प्रस्तावबारे बैठकमा जानकारी दिए ।

प्रधानमन्त्री दाहालको प्रस्तावपछि कांग्रेस र एमालेका नेताहरुले पनि यसमा थप छलफल गरी अघि बढ्न सकिने बताएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीले ल्याएको संशोधन प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि सकारात्मक देखिएको बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी थिए ।

शीर्ष नेताहरुबीच संविधान संशोधन र कार्यान्वयनका विषयमा पुनः छलफल गर्ने सहमति भएको छ ।

Skip This