Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मध्य तथा सुदूरपश्चिमका पर्यटकीयस्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी


0
Shares

काठमाडौं, मंसिर २ । मध्य तथा सुदूरपश्चिमका पर्यटकीयस्थललाई तस्वीर तथा भिडियोबाट प्रचार–प्रसार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डमा विहीबारदेखि चारदिने प्रदर्शनी सुरु भएको छ ।

मनघरी फाउन्डेसन र घुमफिर नेपालको आयोजनामा फोटो पत्रकार भरतबन्धु थापाले खिचेका मध्यपश्चिमका १५ जिल्लाका प्रमुख पर्यटकीयस्थलका ५० फोटो तथा सुदूरपश्चिमको भिडियो प्रदर्शनीमा राखिएको छ ।

थापाले उपत्यकाबासीलाई पर्यटकीयस्थलहरुबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए ।