काठमाडौं, मंसिर २ । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष अनिलकेशरी शाहले संघ वर्तमान बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधानको पहलमा लागिपर्ने बताएका छन् ।
उनले नेपालमा रहेका ५०० र एक हजारदरका भारतीय नोट सटही, एटीएमको बढ्दो सुरक्षा चुनौतीलगायतका समस्या समाधानका लागि संघले पहल गर्ने बताएका हुन् ।
संघको ३०औं वार्षिक साधारणसभाले संघका उपाध्यक्ष अनिल शाहलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा ज्ञानेन्द्र ढुंगाना निर्वाचित भएका छन् ।





प्रतिक्रिया दिनुहोस्