फिदिम, मंसिर ३ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि तेह्रथुम र पाँचथरको सीमा तमोर नदीको लुमुघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ ।
२०६८ सालमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको जिम्मा पाएको स्वच्छन्द निर्माण कम्पनीले दुई वर्षदेखि काम गरेको छैन । जसका कारण निर्माण कार्य शुरु भएको पाँच वर्ष बितिसक्दा पनि पुलको तीनवटा पिल्लर मात्रै ठडिएका छन् ।
करिब १७ करोडको लागतमा पुल निर्माण गर्न लागिएको हो ।
ठेकेदार कम्पनी लामो समय सम्पर्कविहीन हुँदा पनि सडक विभागले चासो नदेखाएको स्थानीयको गुनासो छ । पुल निर्माणले तेह्रथुम र पाँचथर सदरमुकामलाई सीधा सडक सन्जालमा जोड्नेछ ।
समयमै पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन समस्या भएको छ ।





प्रतिक्रिया दिनुहोस्