विराटनगर, मंसिर ३ । भारतको जोगवनीमा निर्माण गरिएको एकीकृत भन्सार जाँच पोष्ट संचालनमा आएको छ ।
नेपाल–भारत सरकारबीच २०६३ साल पुष १९ गते एकीकृत भन्सार जाँच पोष्ट संचालन गर्ने सहमति भएको थियो । भारतले निर्माण गरिदिने सहमति भएपनि नेपालतर्फ निर्माण गर्ने भनिएको एकीकृत भन्सार जाँच पोष्ट भने अगाडि बढेको छ्रैन ।
भारतसँग सीमा जोडिएका नेपालको विराटनगर, बीरगञ्ज, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण गर्ने सम्झौता भएको छ ।





प्रतिक्रिया दिनुहोस्