पोखरा, चैत १३ । पोखरामा पाराग्लाइडिङ उडानको व्यवस्थापन गर्ने जिम्मेवारी हवाई खेलकुद संस्था (एनएए)लाई दिइएको छ ।
बुधबार नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले हवाई खेलकुद संस्थाले पाराग्लाइडिङ व्यवसायी र पाइलटलाई नियमन गर्ने र संस्थाको गतिविधिमाथि प्राधिकरणले निगरानी गर्ने बताए ।
हवाई खेलकुद संस्थाले पाराग्लाइडिङ पाइलटलाई लाइसेन्स दिने, नवीकरण, अनुगमन, घटना छानबिन, लाइसेन्स निलम्बन, स्लट व्यवस्थापन गर्ने, नयाँ कम्पनीको सिफारिस गर्नेलगायतका काम गर्नेछ ।
हवाई खेलकुदले जिम्मा पाएपनि नियमावली संशोधन नभएसम्म भने उडान अनुमति प्राधिकरणबाटै लिनुपर्नेछ ।
योसँगै बिहीबारदेखि पाराग्लाइडिङहरु सन्चालनमा आउने भएका छन् ।








प्रतिक्रिया दिनुहोस्