हेटौंडा, मंसिर ३ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको मागलाई सम्बोधन गर्दै संविधान संशोधन नगरे निर्वाचन सम्भव नहुने बताएका छन् ।
शुक्रबार हेटौंडामा राप्रपा नेपाल मकवानपुरले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले मधेसको माग सम्बोधन नगरे देशमा निर्वाचन नै हुन नसक्ने जिकिर गरे ।
मंसिर ६ गते राप्रपासँग पार्टी एकीकरण गरेपछि राप्रपा नेपाल आगामी दुई निर्वाचनमा देशको सबैभन्दा ठूलो पार्टीकोरुपमा उदाउने उनको दाबी थियो ।









प्रतिक्रिया दिनुहोस्