काठमाडौं, मंसिर ३ । काठमाडौं उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसोसमेत राजधानीका केही स्थानमा सडकबत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।
प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी दिउँसो सडकबत्ती त्यत्तिकै बालेर राख्नु जायज नभएकाले निभाएर सहयोग गर्न आग्रह गरेको हो ।
साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गरेको प्राधिकरणले सबैको साथ र सहयोगमामात्रै विद्युत्भार कटौतीलाई अन्त्य गर्न सकिने जनाएको छ ।
प्राधिकरणले साँझको समयमा पानी तान्ने पम्प, हिटर, वासिङ मेसिन र गिजर नचलाउन यसअघि नै सार्वजनिक सूचनामार्फत आमनागरिकमा आग्रह गरेको थियो । रासस





प्रतिक्रिया दिनुहोस्