Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कालीगण्डकी करिडोरमा निर्माणमा नेपाली सेना, काम तिब्र गतिमा


0
Shares

बाग्लुङ, मंसिर ४ । बाग्लुङ स्थित उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो सडकमार्ग मानिएको कालीगण्डकी करिडोर सडक खण्ड तिब्र रुपमा निर्माण भैरहेको छ ।

२२ किलोमिटर लामो सडकखण्डको जिम्मानेपाली सेनाले लिएको छ । चाडवाडले कामको गतिमा केहि असर पुर्‍याएपनि अहिले भने ३६ स्थानबाट १२ ओटा स्क्याभेटर प्रयोग गरी ट्रयाक खोल्ने काम भैरहेको छ ।

अहिले पर्याप्त जनशक्ति तथा प्रबिधि प्रयोग गरेर काम तिब्र पारिएको नेपाली सेना निर्माण कार्यदलका प्रमुख सेनानी इन्जीनियर रेश्मीराज भट्टराईले जानकारी दिए ।

नेपाली सेनाले ३३ करोडको लागतमा बागलुङको टाकुरी देखी गुल्मीको पालुङ खोलासम्म ट्रयाक निर्माणको जिम्मा लिएको हो ।

साथै नेपाली सेनाको जिम्मामा नरहेको बागलुङ र गुल्मीको सिमानामा पर्ने पालुङ खोलामा बेली बिज्र निमार्ण गरको छ ।

निर्माण आयोजनमा समावेस नभएपनि निर्माण सामाग्री वारपार गराउन समस्या भएपछि नेपाली सेनाको आफ्नै खर्चमा पुल निर्माण गरिएको सेनानी इन्जिनियर भट्टराईले बताए ।

नेपाली सेनाले पुल निमार्ण गरेसँगै बागलुङ दक्षिण क्षेत्रमा पर्ने विकट गाविस छिस्तीमा पहिलो पटक मोटर पुग्ने भएको छ ।

बागलुङ खण्डकोे ट्याक खोलिए पछि गुल्मीको ३ किलोमिटर सफा गरेपछि बागलुङबाट बुटवल सम्म २ सय ५० किलोमिटरको यात्रा १ सय ५० किलोमिटरमा छोटिने बताइएको छ ।