काठमाडौं, मंसिर ४ । पर्वतीय पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको मकालु हिरक महोत्वसवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
आगामी मसिंर ५–६ गते संखुवासभाको चिचिलामा हुन लागेको उक्त महोत्सवको तयारी पुरा हुन लागेको मकालु हिरक महोत्सवका संयोजक मिङ्मा शेर्पाले बताए ।
मकालु हिमालमा मानव पाईला पुगेको ६० बर्ष पुगेको अवसरमा नेपाल सरकार, नेपाल पर्वतारोहण संघ, टान, मकालु हिरक महोत्सव मुल आयोजक समितिले महोत्सव आयोजना गर्न लागेका हुन् । मकालु हिमाल ८४६३ मिटर उचाइको विश्वको पाँचौ हिमाल हो ।
महोत्सवमा मकालु हिमाल आरोहण गर्ने राष्ट्रिय र अन्तराष्ट्रिय आरोहिहरुलाई सम्मान गरिने छ । हिरक महोत्सवमा सहभागि हुन अन्तराष्ट्रिय पर्वतारोहण संघका अध्यक्षलगायत सम्मानका लागि अन्तराष्ट्रिय आरोहि बिभिन्न देशबाट नेपालमा आइसकेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवका अवसरमा हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटीहरुको व्यवसायीक रुपमा बिकास गर्न तथा उक्त क्षेत्रमा पाइने बनस्पतिहरुको प्रचारप्रसार, दुर्लभ बन्यजन्तुहरको संरक्षण तथा पर्वद्धन गर्ने महोत्सवले सहयोग गर्ने अपेक्षा आयोजकले गरेको छ ।
महोत्सवको अवसरमा मकालु हिमाल लगायत बिभिन्न क्षेत्रको सरसफाई गरिएको छ । स्थानीय उद्योगले उत्पादन गरेका र जिल्लामा पाईने बिभिन्न जडिबुटी, स्थानीय उत्पादन, हिमाल आरोहण गर्दा आवश्यक पर्ने सामाग्रि, खानाका परिकार, कृषि सामाग्री प्रदर्शनी गर्ने कार्यक्रम पनि छ ।
आयोजकले महोत्सवमा आउने प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा बिदेशी पाहुनालाई मकालु हिमालको मनोरम दुष्य अवलोकन गराउने छ भने सो क्षेत्रको प्राकृतिक तथा साँस्कृतिक सुन्दराता समेटिएको वृत्तचित्र तथा तस्विर पनि प्रर्दशनीमा राखिने छ ।
त्यसैगरी महोत्सव अवधिभर स्वास्थ्य शिविर पनि राखिने छ । मकालु हिमाल पहिलो पटक आरोहण गर्ने फ्रान्सका जेइन कोइजे र लोनील टेरील हुन् । पहिलो नेपाली आङफुर्वा शेर्पा हुन् ।
महोत्सव सम्पन्न गर्न बिभिन्न समिति र उपसमिति निमार्ण गरी कामलाई तीव्रता दिएको आयोजक समितिका संयोजक शेर्पाले जानकारी दिए । महोत्सव सम्पन्न भएपछि नेपालको पर्वतीय पर्यटनले गति लिने आयोजकको विश्वास छ ।





प्रतिक्रिया दिनुहोस्