Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


‘संविधान संशोधनमा वाह्य हस्तक्षेप अमान्य’


0
Shares

काठमाडौं, मंसिर ४ । पूर्व सांसद्हरुले संविधान कार्यान्वयनको विकल्प नभएको बताएका छन् ।

पूर्व सांसद मञ्च नेपालले आज राजधानीमा गरेको कार्यक्रममा उनीहरुले मधेसका मुद्धा सम्बोधन गरेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

संविधान संशोधनमा बाह्य हस्तक्षेप अमान्य हुने भन्दै उनीहरुले दलहरुको सहमतिमा संविधान संशोधन गरेर मुलुकलाई निकास दिनुपर्ने बताए ।

पूर्व सांसद मञ्च नेपालका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए ।

उनले वर्तमान चुनौतिहरुलाई सामना गरेर दलहरुलाई अगाडि बढ्न सुझाव दिए ।

पूर्व सांसदहरुले मधेसी जनताको राष्ट्रियतामा शंका गर्न नहुने भन्दै सबै मिलेर मुलुकलाई निकास दिन आग्रह गरे ।

Skip This