फाइल फोटो
चितवन, मंसिर ४ । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताएका छन् ।
प्रेस सेन्टर नेपाल चितवनले शनिबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको बताए ।
उनले छिट्टै जिल्लालाई पनि क्रमशः लोडसेडिङमुक्त बनाउँदै जाने बताए ।
चुहावट नियन्त्रणका लागि व्यवस्थापनको समस्या रहेको भन्दै त्यसलाई पनि सुधार गर्दै आफू अगाडि बढेको उनले उल्लेख गरे ।
अधिक माग हुने समयमा उद्योगलाई दुईघन्टा लोडसेडिङ गर्दा आमजनतालाई विद्युत् दिन सकिने अवस्था रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि गृहकार्य थालिएको बताए ।
‘विद्युत् अभावभन्दा पनि उपलब्ध विद्युत्को व्यवस्थापन नहुँदा लामो समय लोडसेडिङ खेप्नुपरेको छ’–उनले भने ।
फरक प्रसंगमा मन्त्री शर्माले संविधान संशोधनका लागि आन्दोलनरत् दल र प्रतिपक्षीसँग छलफल भइरहेको बताए । रासस









प्रतिक्रिया दिनुहोस्