काठमाडौं, मंसिर ५ । संसदको राज्यव्यवस्था समितिले निर्वाचन कानुनहरुको बारेमा परेका संशोधनमाथि छलफल थालेको छ ।
आइतबार बसेको समितिको बैठकमा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारका बारेमा परेका संशोधन प्रस्तावहरुबारे छलफल भएको हो । आयोगले निश्पक्ष निर्वाचन गराउनका लागि आफुलाई कर्मचारी खटाउनेदेखि सबै अधिकार हुनुपर्ने प्रस्ताव गरेको छ ।
उसले निर्वाचनको मिति तोक्ने अधिकार समेत आफुलाई दिनुपर्ने बताएको छ ।
आयुक्त इला शर्माले निर्वाचनको मिति घोषणाको अधिकार आयोगले पाउनुपर्ने माग गर्दै दक्षिण एसियाका अन्य सबै मुलुकमा त्यस्तो अभ्यास भइरहेको जिकिर गरिन् ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिले निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी आयोगलाई नै दिनुपर्छ भन्ने सोच सरकारको रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्