Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कञ्चनजंघा हिरक महोत्सवको तयारी अन्तिम चरणमा


0
Shares

ताप्लेजुङ, मंसिर ५ । ताप्लेजुङमा मनाउन लागिएको कञ्चनजंघा हिरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

कञ्चनजंघा हिमालको सफल आरोहण भएको ६० वर्ष पूरा भएको अवसरमा मंसिर ७ देखि ९ गतेसम्म जिल्लाको सुकेटारमा हिरक महोत्सव मनाउन लागिएको हो ।

महोत्सव स्थलमा स्वागत द्वारदेखि मञ्च र स्टल बनाईएको आयोजकले जनाएका छन् । महोत्सवमा ५० हजारभन्दा बढी सहभागी अनुमान पनि गरिएको छ ।

६० वर्ष अघि बेलायती नागरिक चाल्र्स इभान्सको नेतृत्वमा जो ब्राउन र जर्ज क्रिष्टोफोर ब्याण्डले पहिलो पटक कञ्चनजंघाको सफल अरोहण गरेका थिए ।

अहिलेसम्म स्वदेशी तथा विदेशी गरी ३ सय ८४ जनाले सो हिमाल अरोहण समेत गरिसकेका छन् ।