२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


१७ महिनामा जनस्तरबाटै बन्यो बौद्ध, भब्य पूजा लगाइयो(फोटोफिचर)


0
Shares

काठमाडौं, मंसिर ५ । विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौंको खास्ती बौद्ध चैत्यको क्षमा एवं सुद्धिकरण पुजा आइतबार सम्पन्न भएको छ ।

बैशाख १२ गते गएको महा भूकम्पबाट क्षतीग्रस्त भएको बौद्ध चैत्य १७ महिनापछि जनस्तरबाट पुनः निर्माण सम्पन्न गरिसकेपछि गत शुक्रबारदेखि बौद्ध परम्परा अनुसार आइतबार पुजा सम्पन्न गरेको हो ।

विभिन्न मुलुकबाट आएका ८ सय भन्दा बढी महायानी र बज्रयानी बौद्ध गुरुहरुले सामुहिक रुपमा पुजा गरेका थिए ।

पुजामा ४० भन्दा बढी बौद्ध गुम्वाका बौद्ध गुरुहरुले प्राण प्रतिष्ठा पुजा गरी परित्राण पाठ समेत गरेका थिए ।

boudha5

पुजामा महायान, बज्रयान, परम्परा अन्तर्गत निग्मा, क्यायु, गेलुग र शाक्यपाका गुरुहरुले चैत्यमा पुजा गर्दा हजारौं बौद्ध धर्मालम्बीहरु तथा सर्वसाधरणहरु बौद्ध पुगेका थिए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले पुन निर्माण सम्पन्न भएको बौद्ध चैत्यको उदघाटन गरी दर्शनका लागि सर्वसाधरणलाई खुला गर्ने जनाएको छ ।

boudha4

boudha3

boudha7

boudha2