Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


१४ औं हस्तकला ब्यापार मेलाको तयारी अन्तिम चरणमा


0
Shares

काठमाडौं, मंसिर ५ । १४ औं हस्तकला ब्यापार मेला तथा १२औ हस्तकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल हस्तकला महासंघले हस्तकला उद्यमीहरुबाट उत्पादित व्रान्डहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा समेत सहयोग पु¥याउने उद्देश्यले २०४८ साल देखि वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा यस्तो प्रदर्शनी आयोजना गर्दै आएको छ ।

यसै क्रममा मेलाको १४ औ संस्करण यही मंसिर १० देखी १४ गते सम्म प्रर्दशनी हल भृकुटी मण्डप काठमाडौमा आयोजना हुँदैछ ।

महासंघले आइतबार पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी गराएको हो । बाणिज्य मन्त्रलायका सहसचिव तोयानारायण ज्ञवालीले यस्ता मेलाले क्रेता र बिक्रेता बीचको सम्बन्धलाई प्रगाढ पार्नुका साथै व्यापार विस्तारमा पनि सघाउ पु¥याउने हुँदा यस्ता मेलाको आयोजना गर्दै रहनु पर्ने बताए ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरी प्रसाद घिमिरेले हस्तकला व्यपार मेलामा पिछडिएका तथा देशका कुना काप्चामा लुकेर रहेका उत्पादनलाई उजागर गर्नु पर्नेमा जोड दिए ।

मेलामा ७ वटा प्याभिलियन सहित १७६ स्टल रहने जनाइएको छ । मेलामा रहने प्याभिलियनहरु मध्येबाट उत्कृष्ट हुने एक प्याभिलियन र एक स्टललाई पुरस्कृत गरिने पनि जनाइएको छ ।

नेपाल एकिकृत व्यापार रणनीति ‘एनटिआएस’ भित्र समावेश रहेका वस्तुहरुलाई पनि मेलामा प्रतिनिधित्व गराईने आयोजकले जनाएका छन । मेलामा झण्डै १० करोड भन्दा बढिको कारोवार हुने अपेक्षा आयोजकको छ ।