Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


युरोकप फुटबलका छनोट खेलमा स्पेन र इटाली विजयी


0
Shares

काठमाडौं । युरोकप फुटबलका छनोट खेलहरुमा स्पेन र इटाली विजयी भएका छन् ।

समुह ‘एफ’ को खेलमा स्पेनले माल्टालाई २–० ले हराउँदा रोमानियाले फारो आईल्याण्डमाथि ४–१ को जित निकाल्यो ।

यही समुहको अर्को खेलमा स्विडेनले नर्वेसँग ३–३ गोलको बराबरी खेलेको छ ।

उता समुह ‘जे’ को खेलमा ईटालीले लिचेस्टाईनलाई ६–० ले हरायो ।

यही समुहका अन्य खेलहरुमा फिनल्याण्डले अर्मेनियालाई २–० ले हराउँदा बोस्निया र ग्रिसले २–२ गोलको बराबरी खेलेका छन् ।

यसैगरी समुह ‘डि’ को खेलमा आयरल्याण्डले जर्जीयालाई १–० ले हराउँदा स्विट्जरल्याण्ड र डेनमार्कले ३–३ गोलको बराबरी खेलेका छन् ।