काठमाडौं, मंसिर ६ । बिमा कम्पनीहरुका सन्चालकको पदावधि दुई कार्यकालमा सीमित गर्ने तथा शैक्षिक योग्यता स्नातक हुनुपर्ने बिमा समितिको निर्देशनमा पाटन उच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेश जारी गरेको छ ।
अदालतका न्यायाधीश प्रेमराज कार्कीको एकल इजलासले सोमबार मुद्दाको किनारा नलागेसम्म उक्त निर्देशिकाको कार्यान्वयनलाई अघि नबढाउन पनि आदेश दिएको छ ।
साथै, अदालतले यही मंसिर १२ गते दुबैपक्षलाई अदालतमा उपस्थित हुनसमेत भनेको छ ।
बिमा समितिले निर्देशिका जारी गरेपछि बिमा व्यावसायीको तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्