Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


मंगलबार पनि सुनको भाउ उकालो लाग्यो


0
Shares

काठमाडौं, मंसिर ७ । मंगलबार पनि सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलामा १०० रुपैयाँले बढेर ५५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।