Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सिन्धुलीका किसान माछापालनतर्फ आकर्षित


0
Shares

सिन्धुली, मंसिर ८ । सिन्धुलीको कमलाखोंच क्षेत्रका किसान व्यवसायिक माछापालनतर्फ आकर्षित भएका छन् ।

परम्परागत अन्नबाली भन्दा माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरु यसतर्फ आकर्षित भएका हुन् । धान, मकै र गहुँजस्ता अन्नबालीको खेती हुने खेतबारीमा किसानहरुले पोखरी निर्माण गरी माछापालन शुरु गरेका छन् ।

कमलाखोंच क्षेत्र भएर बग्ने कमला र तावा नदीको तटीय क्षेत्रमा निर्माण गरिएका माछा पोखरीमा सधैं सफा पानी हुने भएकाले माछापालन व्यवसाय फस्टाउँदै गएको हो ।

जिल्ला कृषि विकास कार्यालयले किसानले रहु, नैनी, भाकुर, सहर, कत्ला, मागुर र हिल जातका माछाको व्यवसायिक पालनमा किसान आकर्षित भएको जनाएको छ । सिन्धुलीमा वार्षिक २ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।