काठमाडौं, मंसिर ८ । शेयर बजारमा उच्च गिरावट आउने क्रम बुधबार पनि थामिएन । यस दिन पनि बजार परिसूचक नेप्से कारोबार सुरु भएदेखि वियरिष ट्रेण्डमा रह्यो ।
नेप्से ४२ अंकले ओरालो लागेर १५ सय ४० मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।
बीमा समूह सबैभन्दा उच्च ३ सय ६५ अंकले ओरालो लाग्यो । होटल समूह पनि १ सय २ अंकले झर्यो । विकास बैंक समूहमा ४१ अंक र वाणिज्य बैंक समूहमा पनि ३७ अंकको गिरावट आयो ।
अरु समूह पनि दोहोरो अंकले झरे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको १५ लाख ३८ हजार कित्ता शेयर १ अर्ब ७ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्