काठमाडौं, मंसिर ८ । एनएमबी बैंकको विदेशी साझेदार एफएमओ नेदरल्याण्डस्ले बैंकका आफ्नो लगानी ३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ ।
नेदरल्याण्डस् सरकारको समेत लगानी रहेको एफएमओ अन्तर्राष्ट्रिय द्धिपक्षीय विकास बैंक हो । लगानी बढाउने सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंमा हस्ताक्षर भएको हो ।
एफएमओसँगको नयाँ सम्बन्धनबाट एनएमबी बैंकलाई उर्जा, अन्तर्राष्ट्रिय व्यापार र पूँजी बजारमा लगानी विस्तारमा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए ।
पूँजीगत आधारका कारण जोखिम बहन गर्न सक्ने क्षमता पनि बढ्ने भएको हो ।
बैंकका अध्यक्ष पवनकुमार गोल्यानले एफएमओसँगको सहकार्यले बैंकले आफ्नो प्रगतिलाई थप बढावा दिने बताए । नेपाली वित्तिय क्षेत्रमै सकारात्मक प्रभाव पार्ने विश्वास एफएमओका अधिकारीले गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्