Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


डा.केसी १२ दिनदेखि अनसनमा, उपकुलपति खनियालाई कारवाहीको माग


0
Shares

काठमाडौं, मंसिर ९ । चिकित्सक क्षेत्रको सुधार गर्न विगत १२ दिनदेखि अनसनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. तीर्थ खनियाँलाई बर्खास्त नगरेसम्म आपूmले अनशन नतोडने अडान दोहोर्‍याएका छन् ।

महाराजगञ्जस्थित चिकित्सा विज्ञान प्रतिष्ठानमा बरियता मिचेर डीन नियुक्त गरेको विषयलाई मूल मुद्दा बनाएका डा. केसीले उपकुलपति खनियालाई शैक्षिक अपराधमा कारबाही गर्नुपर्ने माग समेत राखेका छन् ।

एक बर्षदेखि खाली रहेको आइओएमको डीनमा त्रिविले डा. केशवप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

डा.केसीले एमबिबिएस र बिडीएसमा उपत्यकाभित्र ३५ लाख र उपत्ययका बाहिर साढे ३८ लाख रुपैयाँ तथा बिडिएसका लागि २० लाख लिने व्यवस्था गर्नुपर्ने, आइओएमलाइए पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्नुपर्ने लगायतका सम्झौता तुरुन्त कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

Skip This