काठमाडौं, मंसिर ९ । विहीबार सुनको मूल्य पुनः ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ८ सयले ओरालो लागेर ५४ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन ५५ हजार ४ सयमा स्थीर रहेको थियो । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर ७ सय ७५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रति औंन्स ११ सय ८७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।





प्रतिक्रिया दिनुहोस्