काठमाडौं, मंसिर ९ । राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।
स्वदेशी माछाको प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल मत्स्य व्यवसायी संघले आयोजना गरेको माछा महोत्सवमा माछा सम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने बताइएको छ । महोत्सवमा माछाका विभिन्न परिकार पनि उपलब्ध गराइने छ ।
नेपालमा २ सय ३२ प्रजातीका माछा पाइने बताइएको छ । नेपाली कृषकले वार्षिक रुपमा ६५ हजार मेट्रिक टन माछा उत्पादन गर्दै आइरहेपनि उपत्यकामा विदेशी माछा खपत भईरहेको व्यवसायीहरु बताउँछन् ।
माछा तथा माछाजन्य परिकार स्वास्थ्यका दृष्टिकोणले समेत उपयोगी हुने बताइन्छ । महोत्सव १३ गतेसम्म चल्नेछ ।





प्रतिक्रिया दिनुहोस्