Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


दीर्घकालिन लोडसेडिङ्ग हटाउन आन्तरिक उत्पादन बढाऔं


0
Shares

काठमाडौं, मंसिर ९ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईपान) ले आन्तरिक रुपमा विद्युत उत्पादन बढाइ लोडसेडिङ्ग हटाउनेतर्फ लाग्नुपर्ने जनाएको छ । 

पछिल्लो समय उपत्यकामा हटेको लोडसेडिङ्गको स्वागत गर्दै आईपानले दीर्घकालिन रुपमा लोडसेडिङ्ग हटाउन आन्तरिक उत्पादनमा जोड दिएको हो ।

आगामी मंसिर ३० मा काठमाडौंमा हुने दुई दिने उर्जा सम्मेलनको तयारीबारे विहिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खड्गबहादुर विष्टले विद्युत आयात गरेर नभई उत्पादन गरेर लोडसेडिङ्ग हटाउनुपर्नेमा जोड दिए ।

भारतबाट आउने विद्युतको दर ५ रुपैयाँ ६० पैसा र स्वदेशी उत्पादनको विद्युत दर ५ रुपैयाँ ४० पैसा तोकिनुले नेपाली उत्पादन प्रतिस्पर्धी बन्न नसक्नेतर्फ पनि ईपानले ध्यानाकर्षण गराएको छ ।

दुई दिने उर्जा सम्मेलनमा नेपालसहित भारत, चीन, नर्वे, अमेरिका, जापानका लगानीकर्ता, परामर्शदाता, स्वदेशी तथा विदेशी बैंक तथा वित्तिय संस्था, विमा कम्पनीसहित ५ सय जनाको सहभागिता रहने ईपानले जनाएको छ ।