Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सुनको मूल्य ओरालो लाग्ने क्रम जारी


0
Shares

काठमाडौं, मंसिर १० । शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले झरेर ५४ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि ८ सयले झरेर ५४ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने ७ सय ७५ मै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स ११ सय ८८ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।