Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


सोल्टी होटलले स्वर्ण महोत्सव मनायो


0
Shares

काठमाडौं, मंसिर १० । पाँचतारे होटल सोल्टी क्राउन प्लाजा स्थापनाको ५० बर्ष पूरा भएको छ ।

होटलले आफ्नो ५० औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शुक्रबार आयोजित कार्यक्रममा स्वर्ण महोत्सवको प्रतीक अनावरण गरियो ।

सो अवसरमा होटलका कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्टले ५० वर्ष अगाडि नेपालको पर्यटन विकासको लक्ष्य लिइ स्थापना भएको होटल लक्ष्य अनुसार अगाडी बढ्न सफल रहेको दाबी गरे ।

पर्यटन क्षेत्रमा सोेल्टी होटल विलासी होटलको पर्यायको रुपमा रहेको उनले बताए । 

वि.सं. २०२३ सालमा १०४ कोठाको ४ तारे होटलको रुपमा सुरुवात भएको सोल्टी होटलमा हाल २८२ वटा आरामदायी कोठा तथा ७ वटा प्रेसिडेन्सियल रिगल भीभीआइपी सुइट रहेका छन् ।

हाल १२ एकडमा फैलिएको होटलले ५ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जनाएको छ ।