Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आईपीएलमा पञ्जावको विजयी सुरुवात, क्रिश गेलको उत्कृष्ट ब्याटिङ


0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा किंग्स इलाभेन पञ्जावले विजयी सुरुवात गरेको छ ।

गएराति जयपुरस्थित राजस्थानको मैदानमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।

खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १ सय ७० रनमै समेटियो ।

उसका लागि जोस बट्लरले ४३ बलमा ६९ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

उसका लागि क्रिश गेलले ७९ रन बनाउँदा सर्फराज खानले अविजित ४६ रनको योगदान दिए ।

बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई  विकेट लिए । आईपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्ससँग खेल्ने छ ।

पहिलो खेलमा विजयी भएका दिल्ली र चेन्नाई आज लगातार दोस्रो जितको खोजीमा छन् ।