Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


युरोकप छनोटमा इङ्गल्याण्ड लगातार दोस्रो पटक विजयी


0
Shares

काठमाडौं । युरोकप फुटबल छनौटमा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ ।

गएराती भएको समुह ए को खेलमा इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५–१ ले पराजित गर्‍यो ।

उसका लागि रोस बार्कलेले दुई गोल गर्दा ह्यारी केन, राहिम स्टर्लीङ र माईकल किनले एक एक गोल गरे ।

यसअघि समुहको पहिलो खेलमा इंग्ल्यान्डले चेक गणतन्त्रलाई ५–० ले हराएको थियो ।

गएराती भएको समुह ए को अर्को खेलमा बुल्गेरियाले कोसोभोसँग १–१ गोलको बराबरी खेलेको छ ।

युरोकप फुटबल छनोट समुह बि को खेलमा पोर्चुगल र सर्वियाले १–१ गोलको बराबरी खेल्दा युक्रेनले लक्जेम्बर्गलाई २–१ ले हराएको छ ।

यसैगरी समुह एच को खेलमा फ्रान्सले आईसल्याण्डलाई ४–० ले हराउँदा टर्कीले माल्दोभामाथि ४–० को तथा अलबानियाले एण्डोरामाथि ३–० को जित निकालेका छन् ।