Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मैत्रिपूर्ण फुटबल खेलमा कुवेतसँग नेपाल पराजित


0
Shares

काठमाडौं । कुवेतविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।

गएराति कुवेतमा भएको खेलमा नेपाल १–० को साँघुरो अन्तरमा पराजित भयो ।

अल शबब रंगशालामा कुवेतलाई जित दिलाउन युसुफ नासिरले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा पाएको पेनाल्टीमा नासिरले गोल गरेका हुन् ।

यसअघि पहिलो खेलमा नेपालले कुवेतसंग गोलरहित बराबरी खेलेको थियो । त्यो खेलमा कुवेतले पाएको पेनाल्टी अवसरलाई खेर फालेको थियो ।

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि भएको कुवेत भ्रमणमा नेपाली टोलीका मुख्य ६ खेलाडी भने थिएनन ।

विमल घर्ति मगर, अन्जन बिष्ट, अनन्त तामाङ, सुनिल बल लगायत राष्ट्रिय टोलीका नियमित खेलाडीहरु एएफसी यूथ २३ फुटबल च्याम्पियनसिप छनोटका लागि कतारमा रहेका छन् ।

यसैकारण कुवेत विरुद्धको खेलमार्फत ५ युवा खेलाडीहरुले राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका समेत पाएका छन् ।