काठमाडौं, मंसिर १२ । सरकारले नागढुङ्गा–नौविसे सुरुङ्गमार्ग निर्माणको लागि जापानले दिने १७ अर्ब ऋण सहायतालाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ५ अर्ब ८८ करोड रुपैया र विद्यालय क्षेत्र विकास कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त करिब १३ अर्ब रुपैयालाई पनि मन्त्री परिषदले स्वीकृत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्