Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सुनको मूल्य उकालो लाग्यो, तोलामा ३ सयले बृद्धि


0
Shares

काठमाडौं, मंसिर १२ । आइतबार सुनको भाउ सामान्य बढ्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर ५४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ४ सयले झरेर ५४ हजार २ सयमा कारोबार भएको थियो । चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।