पाँचथर, मंसिर १३ । पाँचथरको हेवा खोलामा निर्माण गरिएको हेवा खोला ‘ए’ जलविद्युत अयोजनाले परीक्षण प्रशारण थालेको छ ।
आगामी हप्तादेखि राष्ट्रिय उत्पादनमा ९ देखि १० मेगावाट विजुली थप्ने गरी काम भईरहेको आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योती ढुंगानाले जानकारी दिए ।
आयोजनाले मंसिर मसान्तसम्म परीक्षण प्रशारण गर्ने जनाएपनि अहिले ड्राइ टेस्ट सकिएर खोलाको पानी जम्मा गर्ने काम भैरहेको छ ।
सानिमा बैंकको नेतृत्वमा ११ वटा बैंकले लगानी गरेको आयोजनाको २ अर्ब १६ करोडमा बन्ने अनुमान गरिएपनि काम सम्पन्न हुँदा भने लागत बढेर २ अर्ब ५० करोड पुग्ने जनाइएको छ ।
यता, काबेली करिडोर समयमा सम्पन्न नहुँदा सुरुवाती चरणमा घाटा ब्यहोर्नु पर्ने पनि आयोजनाले जनाएको छ ।
करिडोर नबन्दा राष्ट्रिय प्रशारणमा जोड्न नपाइने र त्यसले बार्षिक १५ देखि २० करोडसम्म घाटा हुने अवस्था देखिएको हो ।





प्रतिक्रिया दिनुहोस्