Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सहिद कप टी–२० क्रिकेटमा आयोजक जनकपुरको विजयी सुरुआत


0
Shares

जनकपुर, चैत ११ । जनकपुरमा सोमबारदेखि तेस्रो सहिद कप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा आयोजक जनकपुरसहित कलैया, विराटनगर, भैरहवा, काठमाडौं र भारतका पटना, दरभंगा र कानपुर गरी ८ ओटा टिमको सहभागिता रहेको छ ।

सोमबार भएको उद्घाटन खेलमा काठमाडौंको ओसिश टिमलाई ५६ रनले हराउँदै आयोजक जनकपुरले विजयी सुरुआत गर्‍यो ।

प्रतियोगिताको विजेताले दुई लाख ११ हजार र उपविजेताले एक लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता यही चैत १९ गतेसम्म चल्नेछ ।