Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन काठमाडौंमा जारी


0
Shares

काठमाडौं, चैत ११ । सशस्त्र प्रहरीका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयको कभर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन सोमबार दिपेशले म्याग्दीका विजय बानियाँलाई २१–८ र २१–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा ठाउँ बनाएका हुन् ।

त्यस्तै, दुबई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्णपदकधारी प्रिन्सले सशस्त्रका इन्द्र महतालाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरे ।

त्यस्तै, पेम्बा शेर्पा, गौतमसिंह कठायत, सुदीप सेढाइँ, निरञ्जन देवकोटा, बिजित थापामगर, सुनिल जोशी, निरविक्रम देवकोटा, साजनकृष्ण ताम्राकार, नेपाली सेनाका प्रफुल महर्जन, दिवश संकर, रुकेश महर्जन, नेपाल प्रहरीका दीपक बोहरा, विष्णु कटुवाल र जीवन आचार्य पनि प्रिक्वार्टरमा पुगेका छन् ।

प्रतियोगितामा पुरुष/महिला एकल तथा युगल, मिश्रित युगल, १७ वर्षमुनिको छात्र तथा छात्रा, निजामती कर्मचारी, सशस्त्र, नेपाल प्रहरी र सेनाका कर्मचारीहरुका लागि मास्टर्स ३५ वर्षमाथि, ४५ र ५५ वर्षमाथिको भेट्रान्स गरी २८७ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।