काठमाडौं, मंसिर १३ । सोमबार पनि सुनको मूल्य सामान्यदरले उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार पनि तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस ११ सय ९३ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्