काठमाडौं, मंसिर १३ । होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यको नेतृत्वमा गएको व्यवसायीको टोलीले सोमबार पर्यटनमन्त्री जीवनबहादुर शाहीसँग भेटी पर्यटनसँग सम्बन्धित जल्दाबल्दा समस्याहरुकाबारेमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा होटल उद्योग पर्यटन क्षेत्रको मेरुदन्ड भएको र नेपालमा व्यवस्थितरुपमा स्थापित कतिपय होटलले समग्र क्षेत्रको नै विकास गराएको भन्दै यस उद्योगलाई पूर्वघोषित राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगकोरुपमा वर्गीकरण गरी सोहीअनुरुप सरकारी व्यवहार हुनुपर्नेलगायतका माग राखिएका छन् ।





प्रतिक्रिया दिनुहोस्