Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


५ लाख ९ हजार घरधुरीसँग अनुदान सम्झौता


0
Shares

                                                                                   फाइल फोटो
काठमाडौं, मंसिर १३ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ५ लाख बढी घरधुरीहरुसँग निजी आवास पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको सरकारले जनाएको छ ।

स्थानीय विकास मन्त्रालयले मंसिर १३ गते सोमबार सम्म ५ लाख ९ हजार २० घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जनाएको हो ।

यसमध्ये ४ लाख ४४ हजार १ सय ८८ घरधुरीहरुले पहिलो किस्ता भुक्तानी लिइसकेको पनि मन्त्रालयले जनाएको छ ।

साथै, यस अवधिसम्ममा करिब २ लाख गुनासाहरु दर्ता भएको पनि जनाइएको छ ।