
फाइल तस्विर
काठमाडौं, मंसिर १४ । हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता मंगलबार सकिएको छ ।
व्यापार मेलामा १५ करोड रुपैयाँ बढीको कारोबार भएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।
व्यापार मेलाको २ लाख बढीले अवलोकन गरेको पनि महासंघले जनाएको छ ।
मेला अपेक्षा गरिएभन्दा राम्रो भएको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए ।
मेलामा ७ ओटा पेभिलियनसहित १ स ७८ ओटा स्टलहरु राखिएका थिए ।
मेलामा नेपालसहित बंगलादेश, पाकिस्तान, चीनको स्वाभासित क्षेत्र तिब्बत र भुटानका सामाग्री राखिएका थिए ।





प्रतिक्रिया दिनुहोस्