Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


नयाँ सहरहरुमा निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाउन सुझाव


0
Shares

काठमाडौं, मंसिर १४ । देशमा नयाँ सहर बनाउँदा निजी क्षेत्रलाई आकर्षित गर्नसक्ने योजना बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

मंगलबार नयाँ सहरहरुको विकासका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित कार्यक्रममा सूचना–प्रविधि, सहर व्यवस्थापन, पूर्वाधार, व्यापार, आवासमा निजी क्षेत्रको लगानी ल्याउने गरी वातावरण बनाउनुपर्नेमा जोड दिइएको हो ।

नेपाल इन्स्टिट्युट फर अरबान एन्ड रिजनल स्टडिजका अजयचन्द्र लालले नयाँ सहरहरुमा आर्थिक उन्नति, रोजगारी र जीवनयापनका लागि उपयुक्त वातावरण निर्माणमा निजी क्षेत्रले भूमिका खेल्नसक्ने बताए ।

उनले नयाँ सहर विकासमा नवीन अवधारणा आवश्यकता पर्ने बताए ।

डा. जगदीशचन्द्र पोखरेलले निजी क्षेत्रलाई आकर्षित गर्न नयाँ सहरहरुले नवीनतम् योजनाहरु बनाउनुपर्ने उल्लेख गरे ।

महासंघका सहरी विकास समितिका अध्यक्ष ओम राजभण्डारीलगायतले नेपालको आवश्यकतालाई हेरेर नयाँ सहर बनाउनुपर्ने बताए ।