झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले चन्द समूहलाई वार्तामा ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।
उनले चन्द समूहमाथि प्रतिबन्ध नभई वार्ताबाटै समस्या समाधान खोज्न आग्रह गरे ।
नेता सिंहले चन्द नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोपसमेत लगाए ।









प्रतिक्रिया दिनुहोस्