काठमाडौं । कतारसँग पराजित हुँदै नेपाल एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ ।
कतारको दोहामा हिजो भएको खेलमा नेपाललाई आयोजक टोलीले ५–० ले हराएको हो ।
यो हारसँगै समूह ‘ए’ मा रहेको नेपालले सुरुवाती २ खेलमा अंक जोड्न सकेको छैन ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा ओमानसंग १–० ले हारेको नेपाल लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
अब नेपालले अन्तिम खेलमा भोलि अप्mगानिस्तानसंग खेल्नेछ ।
गएरातिको जितसँगै कतारले भने एएफसी यूथ २३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
लगातार दुई जितसहित कतारले ६ अंक जोडेको छ । समुहको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यूथ २३ च्याम्पियनसिप फुटबल खेल्नेछ ।
हरेक समुहमा दोस्रो हुने टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।








प्रतिक्रिया दिनुहोस्