Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


मेवा खोला हाईड्रोपावरको परीक्षण प्रसारण सुरु


0
Shares

खोटाङ, मंसिर १६ । खोटाङको मेवा खोला हाईड्रोपावरको परीक्षण प्रसारण सुरु भएको छ । परीक्षण प्रसारणको मेसिन ‘टेस्टिङ’ चिनियाँविज्ञको टोलीले गरेको छ ।

समुदाय र बैंकको करिब २२ करोडको लगानीमा पूरा भएको हाईड्रोपावरबाट उत्पादित बिजुलीलाई नेपाल विद्युत प्राधिकरणको बुईपास्थित सवस्टेशनमार्फत केन्द्रीय प्रशारण लाईनमा जोडिएको आयोजनाको प्रबद्र्धक साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए ।

जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो ।

विद्युत आयोजना सञ्चालन भएपछि लोडसेडिङको मार खेप्न नपर्ने र उद्योगलगायत अन्य विकासे काममा समेत सघाउ पुग्नेमा स्थानीय उत्साहित बनेका छन् ।

समुदायको ३० प्रतिशत तथा सानीमा बैंकको अगुवाईमा बैंक आफ काठमाडौंको ७० प्रतिशत लगानीमा दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट विद्युत उत्पादन गर्न लागिएको हो ।