२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सरकार कार्यकर्ताको पालनपोषणमा लाग्यो : पौडेल


0
Shares

काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार लोकतन्त्रको लागि खतरा रहेको बताएका छन् ।

‘भ्रष्टाचारविरुद्धको अभियान र शैलजा आचार्य’ विषयक मंगलबार काठमाडौंमा भएको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानमा आचार्यले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

लोकतन्त्रको अनुभूति भ्रष्टाचारको अन्त्यबाट गर्नसकिने भन्दै उनले भ्रष्टाचार अन्त्यका लागि नेपाली कांग्रेसले खबरदारी गर्ने बताए ।

वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख भएको बताउँदै उनले कांग्रसेले निरंकुशताको विरुद्ध लड्ने बताए ।

सरकार जनताको काममा नभइ कार्यकर्ताको पालनपोषणमा लागेको भन्दै उनले आफूहरु जनताको पक्षमा रहेको पनि बताए ।

पौडेलले कांग्रेस एकढिक्का भएर पाँच वर्ष जनताकाबीचमा जाने उल्लेख गरे ।