पोखरा, मंसिर १६ । सरोकारवालाहरुले नयाँ नगरपालिकाहरुमा थप लगानी नगर्ने हो भने ६० प्रतिशत पूर्वाधार निर्माणका लागि १५ वर्ष लाग्ने वताएका छन् ।
विहीबार पोखरामा भएको कार्यक्रममा सरोकारवालाहरुले नगरपालिकाहरुले विकास बजेट खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए ।
नगर विकास कोषको आयोजनामा भएको नगरपालिकाहरुको सार्वजनिक खरिदसम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रममा योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठले कर्मचारीहरुले इमान्दार भएर जोखिम मोलेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नगरपालिकाहरुलाई व्यवस्थित गर्नु चुनौतीपूर्ण भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल नगरपालिका संघका विदुर मैनाली, नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम महत, सहरी शासकीय क्षमता तथा विकास कार्यक्रमका योजना प्रमुख सरिता श्रेष्ठलगायतले धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्